कञ्चनपुरमा ३ थान चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ
काठमाडौं,२२ चैत।
कञ्चनपुरमा ३ थान चितुवाको छाला र हड्डीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका ७ बस्ने ३४ बर्षिय पदम ठगुन्ना र ५७ वर्षिय नरबहादुर बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई पिपलाडी नगरपालिका १० लालबनिया भन्ने स्थानबाट ३ थान चितुवाको छाला र हड्डी झलारीतर्फ ल्याउँदै गरेको अबश्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।
