
देउरानी–जेठानी एकै फिल्ममा
काठमाडौं ,२१ चैत ।
नायिका झरना थापा र शुभेच्छा थापा नाताले देउरानी जेठानी हुन् । उनीहरु दुवै नायिकाले धेरै फिल्ममा अभिनय गरिसकेका छन् । तर दुवै नायिका एउटै फिल्ममा भने बल्ल देखिने भएका छन् ।
हरी उदासीले निर्देशन गर्ने चलचित्र ‘साथी तिमी नै हौऊ’मा नायिका थापाद्वय एकसाथ देखिनेछन् । चलचित्र अर्जुन न्यापानेले निर्माण गर्न लागेका हुन् ।
