
देशभरको मौसम बद्ली पर्सीसम्म जारी रहने
काठमाडौं ,२१ चैत ।
गएको सोमवारबाट काठमाडौं उपत्यका लगायतका स्थानमा भएको मौसम परिबर्तन आगामी मंगलबारसम्म जारी रहने जल तथा मौसम विभागले जनाएको छ । आज र भोली देशैभर मौसम बद्ली रहने मौसमबिद् मीनकुमार अर्यालले मुलखबरलाई जानकारी दिनुभयो ।
पश्चिमी वायुको प्रभाव र मुुलुकभित्रकै निम्न चापिए क्षेत्र विकासका कारण देशैभरको मौसम बद्ली भएको हो । मौसम बद्लीका कारण आज सुदुरपश्चिमका केही स्थानमा र भोली मध्य तथा पूर्वका धेरै ठाउँमा मेघ गर्जन सहित पानी पर्ने बिभागले जनाएको छ । मौसमविद् अर्यालका अनुसार यतिबेला मौसम बद्ली हुनु सामान्य र स्वभाविक हो ।
