कसले बनायो दाजै उडिजाने बस ?
काठमाडौं, चैत २१ ।
एकिकृत नेकपा माओवादी बिभाजनपछि ड्यास माओवादी हुँदै पछि आफ्नै नेतृत्वमा नेकपा माओवादीको गठन गरेका नेत्र बिक्रम चन्द विप्लवले खाडी मुलुकमा रोजगारी गरिरहेका नेपालीहरुको स्थितिलाई लिएर एउटा गीत लेखेका छन् ।
उक्त गीतको शिर्षक रहेको छ , कस्ले बनायो दाजै उडी जाने बस ?उनले लेखेको गीत भिडियो सहित संगीतबद्ध गरिएको छ । माइला लामाको संगीत र निर्मला घिसीङको स्वर रहेको उक्त गीतले बिदेशीएका नेपालीहरुको मनलाई छोएको छ । उक्त गीतका शब्द र संगीतबद्ध भिडियो निम्न अनुसारको छ ।
कसले बनायो दाजै उडिजाने बस
हाम्रो देशै उडायो, हाम्रो साखै उडायो
हरर उडेर नजाउन है
नबनाई कहाँ हुन्छ आफ्नै देशलाई
कसले बनायो …..
लाला र बाला जहानबच्चा चटक्कै छाडेर
के लानु छ र हेपाईको मराई धन पैसा जोडेर
कसले बनायो दाजै…
यहीँ छ पानी, यही छ खानी चाहिन्छ जाँगर
यहीँ छ धन, यही छ मन मायाको सागर
कसले बनायो दाजै …
कोही छन् दिल्ली कोही छन् अरब दिनरात खटेर
कहाँ बन्छ देश पसिना पौरख विदेशमा पोखेर
कसले बनायो दाजै….
जालीको जाल, दुष्टको राज जगबाटै नासेर
दुःख र सुख बाँडेर सँगै बसौंला हाँसेर
कसले बनायो दाजै …
शब्द : नेत्रविक्रम चन्द विप्लव
संगीत : माइला लामा
स्वर : निर्मला घिसिङ
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस् ।