प्रचण्डलाई पहिले झै भेट्न नपाईने
काठमाडौं , २० चैत ।
एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब दिउँसो ३ बजेपछि मात्र भेट्न पाईने भएको छ । बिहान ८ बजेबाट हुने गरेको भेटघाटको समय परिबर्तन गरी दिउँसो ३ बजेपछि मात्र भेट्ने निर्णय गरिएको अध्यक्ष प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
समय परिबर्तन गर्ने निर्णय शुक्रबार साँझ प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमाओवादी स्थाई समिति बैठकले गरेको हो । बैठकको निर्णय अनुसार बिहानको समयमा दबाब रहने र भेटघाट छोटो हुने गरेकोले दिउँसोको समय मिलाईएको हो । त्यसैगरी बिहानको समयमा बिशेष बैठकहरु र अध्ययनमा समय दिनुपर्ने भएकोले समय परिवर्तन गरिएको सचिवालयको भनाई छ ।जनसमुदाय,शुभेच्छुक र पार्टीका नेता तथा कार्यकर्ताहरुसंग बढीभन्दा बढी समय उपलब्ध गराउने उद्धेश्यले स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको बुझिएको छ ।