माओवादी बिरुद्ध सेना परिचालन
काठमाडौं,२० चैत ।
माओवादी आक्रमणमा ७ जना सुरक्षाकर्मीको मृत्युपछि माओवादी प्रभावित क्षेत्रमा वायुसेना परिचालित गरिएको छ । यो भारतको खबर हो । त्यहाँको प्रहरी मुख्यालयका अनुसार भारतको छत्तिसगढ क्षेत्रमा एमआई–१७ हेलिकप्टरले हवाई फायरिङको अभ्यास समेत गरेको छ । छत्तिसगढ र सुक क्षेत्रमा वायुसेनाको टोलीले छुट्टाछुट्टै अभ्यास गरेको त्यहाँको प्रहरी श्रोतको भनाई छ ।
छत्तिगढका प्रहरी प्रमुख डीएम अवस्थीले पत्रकारसंग माओवादीविरुद्धको पूरा कारबाही वायुसेनाको विशेष प्रशिक्षण प्राप्त कमाण्डो दस्ताले गर्ने बताएका छन् ।
अभ्यासमा वायुसेना र सुकमा प्रहरीका वरिष्ठ अधिकारीहरु सहभागी थिए । भारतीय वायुसेनाले अभ्यास गरेको यो नै पहिलो घटना भने होइन ।
यसअघि गत अक्टोबरमा बिजापुर जिल्लामा वायुसेनाले हेलिकप्टरबाट फायरिङको अभ्यास गरेको थियो । त्यसपछि माओवादीहरुले केही पटक हेलिकप्टरलाई समेत निशाना बनाएका थिए ।
प्रहरी अधिकारीहरुले आत्मरक्षार्थ हमला गर्ने बताएपनि मानवअधिकारवादीहरु भने यसको बिरोध गरेका छन् ।