परिक्षाको बेला के खाँदा राम्रोे ?
छोराछोरी एसएलसीको परीक्षा दिइरहेको छ भने खानेकुरा के खुवाउने भन्ने चिन्ता हुन्छ । बिहानदेखि रातिसम्म पढाइमा घोत्लिएका हुन्छन् । पढदैँ जाँदा बिर्सने समस्या भएका विद्यार्थी त अझ बढी तनावमा हुन्छन् । यस्तो बेला पौष्टिकतत्त्व कम हुने भएकोले खानामा सन्तुलन मिलाउनुपर्ने हुन्छ ।
‘परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा ब्यासल मेटाबोलिज्म (बीएमआई) को कमी हुन्छ,’ पोषणविद् एवं पद्यकन्या क्याम्पसका सह प्राध्यापक डा. जया प्रधानले भनिन्, ‘यस्ता विद्यार्थीलाई थप शक्तिको आवश्यक हुन्छ । कार्बाेहाइड्रेट, प्रोटिन र फ्याट भएको खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।’
तीनै तत्त्व भएको खानेकुरा सन्तुलन सिद्धान्तअनुसार खुवाउनुपर्ने उनले बताइन् । उनका अनुसार एक दिनमा ५० देखि ६० प्रतिशत शक्ति कार्बाेहाइड्रेटबाट प्राप्त गर्नुपर्ने हुन्छ । त्यस्तै, १५ देखि २० प्रतिशत प्रोटिनबाट, २० देखि ३० प्रतिशत फ्याटबाट शक्ति प्राप्त गर्न सकिने उनले बताइन् । यसका लागि अन्न, दाल गेडागुडी, माछामासु, दूधबाट बनेको परिकार, फलफूल र चिल्लो पदार्थको समूह मिलाएर खाए मात्रै सबै शक्ति प्राप्त गर्न सकिने पोषणविद्हरु बताउँछन् ।
दाल, गेडागुडी र माछामासुलाई प्रोटिन समूहमा राखेको छ । त्यस्तै, दूधजन्य पदार्थबाट प्रोटिन र क्याल्सियम प्राप्त गर्न सकिन्छ । कान्तिपुर दैनिकमा समाचार छ – अन्न समूहको खानेकुरा सकेसम्म प्रशोधन नगरेको हुनुपर्ने प्रधानले बताइन् । जस्तै : मैदामा बाहिरको बोक्रा हुँदैन । त्यसैले चोकरसहितको आटाको रोटी स्वास्थ्यकर हुन्छ ।