
वैद्य माओवादीमा पार्टी एकता गर्नेबारे मतभेद
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र पार्टी एकताको विषयलाई लिएर मतभेद देखिएको छ ।
कुपन्डोलस्थित दलको नेवा: राज्य समिति कार्यालयमा अघिल्लो शुक्रबारदेखि जारी केन्द्रीय समितिमा अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदनभन्दा भिन्न देखिनेगरी सचिवालय सदस्य रामबहादुर थापाले छुट्टै प्रस्ताव पेश गरेपछि मतभेद थप चुलिएको हो ।
थापाले एकीकृत माओवादीसहित सबै माओवादी विचारधारा राख्ने पार्टी र संगठनसँग विनाशर्त एकता गर्नुपर्ने भन्दै प्रस्ताव राखेका हुन् । उनले तीन पृष्ठ लामो आफ्नो मतलाई ‘पुरक प्रस्ताव’ संज्ञा दिए पनि यो फरक मतकै शैलीमा छ । कान्तिपुर दैनिकमा समाचार छ ।
