पोखरामा हावाहुरीसँगै भीषण असिना, जनजीवन प्रभावित
पोखरा, १७ चैत ।
नेपालको चेरापुञ्जी भनेर चिनिने पोखरामा बुधबार दिउँसो एक्कासी हावाहुरीसँगै भीषण असिना परेपछि जनजीवन प्रभावित बनेको छ । दिउँसोबाट एक्कासी मौसममा बदली भइ हावाहुरी आउने र असिना परेको हो ।
एक्कासी पोखरामा परेको बाक्लो असिना र हावाहुरीले जनजीवन प्रभावित बनेको हो । बाक्लो असिनाले सडक यातायात अवरुद्ध बनेको थियो । सडकमा गुडिरहेका सवारी साधन सडकमै ठप्प बनेका थिए । असिनाले के कति क्षति भयो भन्ने तङ्याङ्क भने आइनसकेको प्रहरीले जनाएको छ।
तस्विर – शुशान्त रेग्मी
