आजको माैसम: गण्डकी र काेशी प्रदेशमा सतर्कता अपनाउन आग्रह

मूलखबर संवाददाता
काठमाडौं, ३० बैसाख

आज पनि देशकाे पहाडी भुभागमा वर्षाकाे सम्भावना रहेकाे छ । काेशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा, चट्याङकाे सम्भावना रहेकाे माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।