मैत्रिपूर्ण खेल सकियो, पत्रकारले जिते नेताहरुलाई
काठमाडौं, १७ चैत
नेपाल पत्रकार महासंघको ६१ औ. स्थापना दिवसको अवसरमा दशरथ रंगशालामा भएको मैत्रिपूर्ण प्रतियोगितामा पत्रकारको टोलीले राजनीतिकर्मीको टोलीमाथि विजय हासिल गरेको छ ।
बुधबार दिउसो ३ बजे शुरुवात भएको फुटबल प्रतियोगितामा नेपाल सरकारका संचारमनत्री शेरधन राईको कप्तानीमा राजनीतिककर्मीको टोली र नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टको कप्तानीमा पत्रकारहरुको टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
संचारमन्त्रीको टोलीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेपाली कांग्रेसका युवा नेता गगन थापा, प्रदिप पौडेल, सांसद रामहरी खतिवडा, एमाले विद्यार्थी अध्यक्ष नवीना लामा, नेतृ रामकुमारी झाँक्री, एमाओवादीकी नेतृ धर्मशीला चापागाईं, लक्की शेर्पा, नयाँ शक्ति समुहका गंगा नारायण श्रेष्ठसहितको नेताहरु रहभागि भएका थिए । खेल रोचक र आकर्षक थियो ।
संचारमन्त्री र गृहमन्त्री एवं कांग्रेस नेता गगन थापा खेलको अन्तीमसम्म खेले भने अन्य खेलाडिहरु परिवर्तीत गरिएका थिए । प्रतियोगितामा पत्रकारको टोलीले २ को विरुघ ३ गोल गरी राजनीतिक दलको टोलीमाथि विजयी बनेको थियो ।
