यसरी गरेका थिए महिलाहरुले गोरखाको जेल ब्रेक
काठमाडौं, १७ चैत ।
नेपालको इतिहासमा महिलाहरुले जेल ब्रेक गरेको पहिलो इतिहास रचिएको दिन चैत १७ हो आज । गोर्खा जिल्लाको सदरमुकाममा रहेको गोर्खा जेलबाट माओवादी आस्थाका आधारमा जेल परेका ६ जना साहसीक महिलाहरुले सामान्य औजारबाट सुरुंग खनेर जेल तोडेका थिए । जनयुद्धको भिषण आधिहुरीको तत्कालिन समयमा २०५७ साल चैत १७ गते उनीहरुले सुरुंगबाट वाहिरी आकाशमा निस्कन सफल भएका थिए ।
माओ जयन्ती अर्थात पुष ११ मा शुरु गरिएको अभियानले चैत १७ गते मात्रै सार्थकता पाएको थियो । त्यसमा सहभागि माओवादी महिला नेतृहरु थिए उमा भुजेल, कमला नहर्की सपना, मिना मरहट्टा, एन्जीला विक, सञ्जु अर्याल र रिता विक । जसमध्ये मिना मरहट्टा र एनजीला विक शहीद भइसकेका छन् भने बाँकी अझै रजानीतिमा सक्रिय छन् ।
पुस ११ गते शुरु गरेको अभियान एक महिना रोकेको र पछि पुन शुरु गरी चैत १७ गते सम्पन्न गरेको जेल ब्रेक अभियानकी एक सदस्य कमला नहर्की सपनाले मूलखबरलाई बताईन् । जनयुद्ध दिवसमै जेलबो चार दिवार बाट खुल्ला आकाशमा पदार्पण गर्ने चाहना र योजना थियो उनीहरुको । तर समय लम्बीयो हुन्छ की हुन्न र मरिन्छ की बाँचन्छि बाट अगाडि वढ्दै गएका उनीहरुले एउटा सानो फलामको डण्डीको निरन्तर प्रयासबाट जेल तोड्न सफल भएका थिए । हामीसँग एउटा सानो फलामको रडको टुक्रा थिइो । त्यसैको सहयोगमा हातका नंग्राले कोट्याउँदै सुरुंग खनीएको थियो । जेल ब्रेकको स्मरण गर्दै भावुक मुद्रामा नहर्कीले भनिन् हामीले मृत्युलाई जितीसकेका थियौं, कि जितीन्छ की मरिन्छ भन्ने थियो । ‘नंगले कोतर्दा हातका नंग्राहरु छिया छिया भएका थिए रगतपच्छे हुँदै गरेको सम्झंदा पनि आंग जिरींग हुन्छ ।’
पुलिसलाई छक्याउन विभिन्न तानावाना बुनेका उनीहरुले सुरुंगको मुखमा तरकारी वारी बनाएका थिए । सुरुंगभित्र काम गर्दा वाहीर बाहीर म्युजिक बजाउनेदेखि लिएर नाचगान गर्ने सम्मको गतिविधि गर्दै उनीहरुले आफ्नो अभियान अगाडि बढाएका थिए ।
जेलको सुरुंगबाट बाहिर निस्केको भोलिपल्ट विहानै पार्टीको सम्पर्क पुगेको सम्झना गर्दै नहर्कीले भनिन् ‘साँच्चीकै बाहीर आइयो जस्तो लागेन । फेरी फर्केर जाने होला जस्तो लागिरहेको थियो । ’
जेल व्रेकले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चा पाएको देख्दा उनलाई भने त्यस्तो होला जस्तो लागेको रहेनछ । ‘हामीलाई यतिधेरै महत्व होला जस्तो लागेको थिएन ।’ उनले भनिन् ‘हामी जस्ता मान्छेहरु जेल भित्र भन्दा वाहिर बस्न पाए क्रान्तिको लागि धेरै काम गर्न सकिन्छ भन्ने मात्रै मनोविज्ञान थियो हामीसँग ।’
अहिले उनलाई १५ वर्ष पछि त्यो क्षण सम्झँदा त आफैंले गरेको काम पनि कथा जस्तै लाग्ने गर्छ । हामीमा नेपाली क्रान्ति सम्पन्न्न गर्ने र आफन्तको बगेको रगतको बदला लिने भन्ने मनोविज्ञान थियो । अहिले पनि गर्न सकिन्छ होला त ? भन्न्ने प्रश्नमा उनले भनिन् ‘सामुहिक भावना भयो भने सकिन्छ ।’ महिलाले पनि यस्तो गर्न सक्छन् भन्ने प्रेरणा उक्त कार्यबाट पैदा भएको उनले अनुभुति गरेकी छिन् ।
आजकै दिनलाई कसरी सम्झने ? उनी भन्छीन् ‘मेरो जिवनमा त ऐतिहासिक नै हो र सबैले विर्सैछन् ।’ आज साथीहरुले फोन गरेर समेत नसम्झाएको दुखेसो गर्दै उनले भनिन्, आफू बाहेक अरुले सम्झेका रहेनछन् ।’
जेल ब्रेकपश्चात तत्कालिन माओवादी नेता बाबुराम भट्टराईले जनादेश साप्ताहिकमा बहादुर छोरीहरु लेख नै लेखेका थिए । अहिले त कसैले सम्झने काम पनि गरेनन् । उनले भनिन् बाबुरामले जनयुद्ध नै विर्सन कसरी सकेका होलान ?
उनीमात्रै होइन त्यो साहसीक टीम आज पार्र्टी नेताहरु र कमरेडहरुबाट अपमानको अनुभुति गरिरहेका छन् । केही दिनहरुलाई दिवसको रपमा मनाउने गरेका माओवादी घटकहरुले गोर्खा जेल ब्रेकलाई स्मरण सम्म गर्न नसक्नु अत्यन्त विडम्बनापूर्ण कुरा हो उनको अनुभुतिमा । ‘हामीले हाम्रो व्यक्तिगत स्वार्थको लागि जीवनलाई हत्केलामा राखेर त्यो खतरा मोलेका थिएनौं तर अहिले आएर त्यो त हाम्रो लागि मात्रै गरेको जस्तो नेताहरुले ठाने । उनले भनिन् ‘दुःख लागेको छ । आत्मसमर्पण गर्न तयार नभएकै कारण मर्न तयार भएका थियौं । उहाँहरुले इतिहास मेटाउने काम गर्नुभएको छ, त्यो हामी प्रतिको र इतिहासप्रतिको पनि अपमान हो ।’
अहिले गोर्खाको जेल पुग्दा उनलाई ति दिन र जेलभित्रका संघर्षको झझली याद आउँछ । ती जेलका पर्खाल, जेलभित्रको बन्दी गृह, आफूले बनाएको करेसाबारी, प्रहरी र जेल प्रशासनले गर्ने व्यवहार, आफन्त भेट्न आउदाको जेलको छिंडीमा गरिएका कुराकानी, पार्टीले पठाएका पत्रहरुको आदानप्रदानको क्षण, सुरंग खन्ने विषयमा भएको छलफल, सुरंग खन्न शुरु गरेको दिन, सुरंगभित्र खनीरहँदा उत्पन्न नोभाव र सुरुंगको मुखबाट निस्न सफल भएको अवस्था उनको दिमागमा क्यामराको रिल झैं घुम्ने गर्दछन् ।
उनीहरुले जेल प्रशासनमा संघर्षमार्फत धेरै परिवर्तन गराएका थिए । उनलाई धेरै साथीहरुले त्यस सम्वन्धी किताव लेख्नुपर्यो पनि भन्छन् तर उनी भन्छीन ‘पार्टीले त विर्सीसकेको कुरा कसले पढ्ला त जस्तो लाग्छ ।’