पत्रकार र नेता रंगशालामा भिड्दै, गृहमन्त्री र संचारमन्त्री पनि मैदानमा उत्रने
काठमाडौं, १७ चैत /
पत्रकार र राजनीति गर्ने नेताहरुबीच भिडन्त हुने भएको छ । नेपाल पत्रकार महासंघको ६१ औ. स्थापना दिवसको अवसरमा दशरथ रंगशालामा हुने मैत्रिपूर्ण प्रतियोगितामा पत्रकार र राजनीतिक नेतृत्वकोबीच भिडन्त हुने भएको हो । प्रतियोगिता बुधबार दिउसो ३ बजे शुरुवात हुने आयोजकले बताएका छन् ।
पत्रकार महासंघले दिएको जानकारी अनुसार प्रतियोगितामा नेपाल सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेत, संचार मन्त्री शेरधन राईसहितको नेताको टोली र महासंघका अध्यक्ष महेन्द्र विष्टसहितको पत्रकारकोे टोली बीच प्रतिस्पर्धा हुनेछ ।
उक्त प्रतियागितामा नेपाली कांग्रेसका युवा नेता गगन थापा, एमाले विद्याथी अध्यक्ष नवीना लामा, रामकुमारी झाँक्री, धर्मशीला चापागाईं, अखिल क्रान्तिकारी अध्यक्ष रमेश मल्लसहितको टोलीका विरुद्ध पत्रकारहरुको टोलीले भिडन्त गर्नेछ । खेल रोचक र आकर्षक हुने बताइएको छ ।