भुकम्प प्राधिकरणको कार्यशैली कछुवा गति : प्रधानमन्त्री ओली

काठमाडौं, १७ चैत/

k p oli

भुकम्प गएको एक वर्षवितिसक्दा पनि पीडितहरुको व्यवथापन नभएको भन्दै सरकरको आलोचना भइरहेका बेला सरकारका प्रधानमन्त्री केपी ओलीले भने प्राधिकरणको कामप्रति चर्को असतुष्टि पाखेका छन् ।
पुनर्निर्माण प्राधिकरणका परामर्श र निर्देशक समितिप्रमुख समेत रहेका प्रधानमन्त्रीले मंगलबार प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको भेला उद्घाटन गर्दै यही हिसाबले अघि बढे १० वर्षसम्म पनि पुनर्निर्माण नसकिने औंल्याए । वर्षदिनसम्म क्षतिग्रस्त संरचना र पीडितको तथ्यांक संकलनै नसकेपछि प्राधिकरण र सम्बन्धित कर्मचारीको चौतर्फी आलोचना बढिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।
उल प्राधिकरणको कार्यशैलीलाई ‘कछुवा गति’ को संज्ञा दिएका छन् । “अर्को वैशाख १२ आउन लागिसक्यो, कारण जेसुकै होस्, काम कछुवा गतिमा छ, यस्तो तालले हुँदै भएन,” पुनर्निर्माणलाई तीव्रता दिन मन्त्रिपरिषद र संसदबाट गर्नुपर्ने कामका लागि आपूm तयार रहेको जनाउँदै उनले भने, “म कत्ति पनि सन्तुष्ट छैन, दोष मेरो पनि होला तर अन्य बाधा–अड्चन देखाएर अभियान ढिलाइ गर्ने काम सह्य हुनेछैन /

पुनर्निर्माणजस्तो सेवामूलक काममा कर्मचारीले अतिरिक्त भत्तालाई सर्त बनाएकोप्रति आक्रोश दर्साउँदै प्रधानमन्त्रीले विपत्तिका बेला लाभ लिन खोज्नेलाई कारबाही गरिने बताए । उनले त्यस्ता कर्मचारी हटाएर काम गर्नेलाई खटाउन गृहमन्त्री शक्तिबहादुर बस्नेत, स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही, मुख्य सचिव सोमलाल सुवेदी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतलाई निर्देशन दिए ।

भत्ता धेरै खोज्ने तर काम पन्छाउने कर्मचारीको रबैयाले पुनर्निर्माण प्राधिकरणले गति लिन नसकेपछि प्रधानमन्त्री आक्रोशित भएका हुन् । अहिले कर्मचारी काम धेरै गर्नुपर्ने भन्दै भत्ता बढाउनुपर्ने सर्त तेस्र्याएर पुनर्निर्माण प्राधिकरणमा जान मानिरहेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्निर्माण महाभियान घोषणा गरेको महिनौं बितिसकेको छ ।

उनले विभिन्न बहानामा पीडितलाई अनुदान रकम नबाँड्ने कर्मचारी शैलीको तीव्र आलोचना गरे । ‘मलाई कसैले उपचार गर भनेको छैन, ट्याब्लेट ख्वाइदे भनेको छैन भन्दै डाक्टरले हेरेर बस्न मिल्छ ?,’ प्रधानमन्त्रीले भने, ‘ऐन हेरेर भुइँचालो जान्छ ? हामीले पनि रेस्क्यु गर्न ऐन–नियम मात्रै पल्टाएर बस्न मिल्दैन, पहिला रेस्क्यु गर्नुप¥यो ।’ उनले विपत्तिको मौका खोजेर कसैले लाभ लिने सोच राखे उसलाई सफाइको मौकासमेत नदिने बताए ।