एमाले विद्यार्थी नेतृ नवीनाले मुख खोलीन् -आउँदो वर्ष विहे गर्छु
काठमाडौं, १६ चैत
हुन त विवाह नीजि मामिला हो । जसलाई सबैको चासो हुनु जरुरी छैन तर पनि केही यस्ता पात्र हुन्छन् जसको जन्म मृत्यु, विवाह, प्रेम एवं सबै व्यक्तिगत कामहरुपनि सबैको चासो र प्रकारका सामग्री बन्दछन् । त्यसैक्रममा एमालेको भातृसंगठन अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नविना लामाको लभ अफेयर पनि सबैको चासोको विषय बनेको छ । उनी विद्यार्थीका समकालिन नेतृहरुमध्ये सुन्दरताको कसीमा अगाडि नै पर्दछीन । उनी एमालेभित्र अत्यन्त संघर्षशील छवी भएकी महिला पनि हुन् ।
पात्र नभनौं तर अफेयरमा छु – लामा
मूलखबर डटकमसँगको कुराकानीमा लामाले पात्र नभनेपनि आफू लभ अफेयरमा रहेको जानकारी दिइन् । उनले भनिन् ‘पात्र त नभनौं तर म अफेयरमा चाहिं छु, आउँदो साल विहे गरिन्छ ।’
लामालाई यस अघी नै ९० जनाले प्रेम प्रस्ताव राखीसकेको सार्वजनीक भएपनि विहे गर्र्ने कुरामा भने नखुलेकी नवीना मूलखबरसँग भने खुलेर विहेको बारेमा बोलेकी हुन् । उनले २०७३ सालमै विहे गर्ने स्पष्ट पारेकी छिन् ।
