पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारद्धारा छानबिन सुरु

मूलखबर संवाददाता
काठमाडौं

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा २०८१ चैत ११ गते उजुरी परेको थियो । उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा जवाफ माग गरेको छ । गत २०८१ चैत २० गते आयोगले पर्यटन मन्त्रालयसँग जवाफ माग गर्ने निर्णय गरेको थियो ।

पूर्वमन्त्री आलेलाई धनगढी विमानस्थल विस्तारमा जग्गा खरिदमा अनियमितता गरेको भन्दै २०८१ चैत ११ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्तासँगै पूर्वमन्त्री आलेमाथि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतले जनाकारी दिएको छ ।

aale3