अफगानिस्तानको काबुलस्थित संसद भवनमा रकेट आक्रमण
काठमाडौं , १५ चैत ।
भारतले निर्माण गरिदिएको अफगानिस्तानको काबुलस्थित संसद भवनमा रकेट आक्रमण भएको छ । आक्रमण तालीबानी बिद्रोहीहरुले गरेको बताईएको छ । आजै पाकिस्तानको लाहोरमा पनि तालीबानी बिद्रोहीहरुले आत्मघाती बम विस्फोट गराएका थिए । काबुलको संसद भवनमा ४ वटा रकेट आक्रमण गरिएको भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले ट्वीट मार्फत जानकारी दिए । आक्रमणबाट के कति क्षति भयो भन्ने बिषयमा कुनै बिबरण नआएको भारतीय टेलिभिजन च्यानल दुरदर्शनले जनाएको छ ।भारतको सहयोगमा उक्त संसद भवन बनेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बरमा भवन उदघाटन गरेका थिए । भवन उदघाटन गर्दै उनले भारत र अफगानिस्तानको मित्रता तोडाउने प्रयास भइरहेको भन्दै विकासका लागि आतंकवाद अन्त्य हुनुपर्ने बताएका थिए ।
