कक्षा १२ काे परीक्षा सर्याे, अब बैसाख २१ गतेदेखि शुरू हुने

मूलखबर संवाददाता
काठमाडौं, ९ बैसाख

बैसाख ११ गतेदेखि हुने तयारीमा रहेकाे कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो।

शिक्षकहरू २० दिनदेखि लगातार शिक्षा ऐनको मागसहित आन्दाेलनमा रहेपछि अन्याेलमा रहेको भनिएकाे कक्षा १२ काे परीक्षा तालिका आज सारिएको हाे ।

यसअघि बोर्डको आज बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सार्ने भनेको थियो। त्यसको शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएका थिए। भने ट्रेड युनियनहरूले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो ।

त्यसपछि परीक्षा सार्ने विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन्। बोर्डले भोलि परीक्षा सार्ने सूचना तथा परीक्षा तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।

प्रधानमन्त्री ओलीले शिक्षकहरूकाे माग पुरा गर्न नसकिने भन्दै शिक्षकहरूकाे मानमर्दन र अपमान गर्दै आएका छन् ।