सिमांकनको विवाद राजनीतिक सहमतीवाट अन्त्य गरिनुपर्छ–भट्टराई
काठमाडौं , १४ चैत ।
नयाँशक्तिका संयोजक डाक्टर वावुराम भट्टराईले भौगोलिक सिमांकनमा भएको विवादलाई राजनीतिक सहमतीवाट अन्त्य गरिनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मुलुकका लागि सात प्रदेश उपयुक्त भएको बताए । यद्यपी ७ प्रदेशमा रहेर सिमांकन हेरफेर गर्न सकिने भट्टराईको भनाई छ ।
उनले नयाँ संविधानलाई टेकेर पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारलाई मानेर प्रदेशको संख्या नभई भौगोलिक सीमा मिलाउनु आवश्यक भएको बताए ।
नयाँ संविधान जारी भइसकेकाले विकास र समबृद्धिको युगमा मुलुकलाई लैजान सबै अग्रसर हुनुपर्ने उल्लेख गर्दै भट्टराईले सरकार ढाल्ने र गिराउने खेलमा लाग्ने भन्दा पनि संविधान कार्यान्वयन गरेर मुलुकमा समवृद्धि कायम गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताए ।उनले अब कुनै पनि दल सरकार गिराउने खेलमा लाग्न नहुने सुझाव समेत दिए ।
अढाई दशकसम्म सरकार गिराउने फोहरी खेलमा लागेकै कारण मुलुकले गति लिन नसकेको औल्याउदै भट्टराईले अब विकास र सुशासनलाई मुख्य एजेण्डा बनाएर राजनीतिक दलहरु अघि बढनुपर्ने सुझाव दिए ।