प्राइम कमर्सियल बैंक एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंक
प्राइम कमर्सियल बैंकलाई बेलायतको अक्सफोर्ड अन्तरगतको यूरोप विजनेश एसेम्बली (इबीए)ले यस वर्षको एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड प्रदान गरेको छ । बुधबार लण्डनमा आयोजित एक कार्यक्रमबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरलाई उत्कृष्ट बैंक तथा उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको हो ।
बैंकलाई बेलायतको इबीएले २०१६ को प्रेस्टिजिएस इन्टरनेशनल अवार्ड प्रदान गरेको हो ।
अक्सफोर्ड अन्तरगत सन् २००० मा स्थापना भएको यूरोप विजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, वैज्ञानिक, सामाजिक र सांस्कृतिक रुपमा विकास गर्न सहयोग पुर्याउने संस्थालाई उक्त अवार्ड दिँदै आएको छ । । विशेष गरी, इबीएले राजनीतिज्ञ, उद्यमी व्यवसायी, बैज्ञानिक र कलाकारलाई यस्तो अवार्ड दिने गरेको छ । बैंकले उत्कृष्ट व्यवस्थापन, कर्मचारीलाई राम्रो सेवा सुविधा तथा सेवाग्राहीलाई राम्रो सेवाप्रदान गरे वापत उक्त अवार्ड प्रदान गरिएको इबीले जनाएको छ ।
इबीएले कम्पनीको कार्य सम्पादन, प्रभावकारिता, स्पष्ट दृष्टिकोण र सफल नेतृत्व, सृजनशिलता र नयाँ आविश्कार, उच्च व्यवसायिकता, व्यवस्थापकीय कुशलता, आचरण र संस्थागत सामाजिक उत्तरदायित्व लगायतका विषयमा मुल्याङकन गरी बैंकलाई सो अवार्ड दिएको हो ।
प्राइम कमर्सियल बैंककै प्रमुख कार्यकारी अधिकृत नारायण दाश मानन्धरलाई इबीएले यस वर्षको उत्कृष्ट म्याजेनर अवार्डका सम्मान गरेको छ । व्यवसायलाई निरन्तर रुपमा उत्कृट र ख्याती प्राप्त बनाएको, प्रभावकारी रणनीति तर्जुमा गरेको र व्यवसायलाई निरन्तर विस्तार गरेको भन्दै मानन्धरलाई उक्त अवार्ड दिएको इवीएद्वारा प्रदान गरिएको पत्रमा उल्लेख छ । प्राइम कमर्शियल बैंक नेपालको उत्कृष्ट १० बैंकको सूची भित्र रहेको छ । बैंकले जलविद्युत, सिमेन्ट उद्योग लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।
लण्डनमा भएको उक्त कार्यक्रममा पुरस्कार लिन बैंकका सीइओ मान्धरका साथै संचालक समितिका अध्यक्ष उमेश लाल श्रेष्ठ, पूर्व अध्यक्षद्वय नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ गएको बैंकका नायव महाप्रवन्धक भाइराजा तुलाधरले जानकारी दिए ।
बैंकले स्थापनाकालदेखि नै लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको छ । बैंक गत आर्थिक वर्षमा न्यून संचालन खर्च गरी अधिकतम् नाफा कमाउने बैंकमध्ये पहिलो सुचीमा थियो । बैंकले चालू आवको दोस्रो चौमासमा पनि ४६ करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड ९२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
बैंकले चालू आवको दोस्रो चौमाससम्ममा कुल ४२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । हाल बैकको खराव कर्जा अनुपात पनि १ दशमलव ४६ प्रतिशत मात्र रहेको छ ।