एसएलसीमा लमजुङबाट चार हजार भन्दा बढी परीक्षार्थी र १८ वटा केन्द्र

विमला अधिकारी
लमजुङ्ग, १२ चैत/

चैत १८ गतेदेखि शुरु हुने प्रवेशिका परिक्षामा लमजुङबाट चार हजार ८४ जना परिक्षार्थी सहभागी हुँदैछन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार नियमित तर्फ ३ हजार ४ सय र एक्जाम्टेडतर्फ ६ सय ८४ गरि ४ हजार ८४ परिक्षार्थीले एसएलसी परिक्षा दिन लागेका हुन् । जिल्लामा १८ परिक्षा केन्द्रमा ९६ विद्यालयका विद्यार्थीहरु परिक्षामा सामेल हुँदैछन् । एस्एल्सी परिक्षाको तयारी अन्तिम चरणमा पुगिसकेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनभयो ।
कुशुमाकार उमाविमा रहेको परिक्षा केन्द्रमा इशानेश्वर उमावि, बुद्धोदय उमावि, पसगाउँ ठाँटी मावि, डडुवादुर्छा मावि, वनस्थली मावि र हिमालय माविका गरि १९५ परिक्षार्थी परिक्षामा सामेल हुँदैछन् । यसमा ९९ नियमितितर्फ र ३७ एक्जाम्टेडतर्फ रहेका छन् । इशानेश्वर उमाविको परिक्षा केन्द्रमा भैरबकाली उमावि, हिमाली आबसिय मावि, कल्याण मावि, जनमन्दिर मावि, बालज्योति माविका गरि २०९ परिक्षार्थी सहभागि हुँदैछन् । यसमा १६८ नियमित र ४१ परिक्षार्थी एक्जाम्टेडतर्फका छन् ।
भैरवकाली उमावि रम्घाको परिक्षा केन्द्रमा मंगला उमावि र कुशुमाकर उमाविका गरि १६० जना परिक्षार्थीले परिक्षा दिने भएका छन् । यसमा १३५ नियमित र २५ जना एक्जाम्टेडतर्फका परिक्षार्थी छन् । मंगला उमावि सोतीपसलको परिक्षा केन्द्रमा सप्तधारा मावि, संझना मावि, बालविकास मावि र सूर्यज्योति माविका १३३ परिक्षार्थी सहभागि हुँदैछन् । यसमा १०४ नियमित र २९ जना एक्जाम्टेडतर्फका परिक्षार्थी छन् ।

सर्वोदय उमावि चन्द्रेश्वरको  परिक्षा केन्द्रमा पाणिनी मावि, गणेश मालिका उमावि, सरस्वतीसदन मावि, सौभाग्यसदन मावि र सेवासदन माविका १३९ जना परिक्षाले परिक्षा दिदैंछन । यसमा ९९ सय नियमित र ४० जना एक्जाम्टेडतर्फका छन् । विद्याज्योति उमावि तार्कुको परिक्षा केन्द्रमा शान्ति उमावि, सर्वोदय उमावि, संस्कृतिसदन मावि, कान्तिमन्दिर मावि र महेन्द्रमन्दिर माविका २०१ जना परिक्षार्थीले परिक्षा दिदैंछन । यसमा १७५ जना नियमित र २६ जना एक्जाम्टेडतर्फका छन् ।

विरभक्ति उमावि तार्कुघाटको परिक्षा केन्द्रमा बागेश्वरी मावि, बुद्धमिलन मावि, शैलपुत्री उमावि, शैलपुत्री उमावि प्राविधिक, रुद्र माविका गरि २३५ परिक्षार्थी सहभागी हुँदैछन् । यहाँ १७२ नियमित र ६३ जना एक्जाम्टेडतर्फका छन् । शैलपुत्री उमावि धमिलिकुवा परिक्षा केन्द्रमा सौभाग्योदय उमावि, ज्ञानोदय उमावि, शारदा मावि, शिशुविद्याश्रम मावि, हिमालय मावि, महेन्द्रबाल विकास मावि र राइनास एण्ड ग्लोबल माविका २४० जना परिक्षार्थी सहभागि हुँदैछन । यसमा २१६ नियमित र २४ जना एक्जाम्टेडतर्फका परिक्षार्थी छन् ।

भक्तिनमुना उमावि भोटेओडरको परिक्षा केन्द्रमा वीरभक्ति उमावि, सूर्योदय मावि, आदर्शबाल उमावि, लक्ष्मीनारायण मावि, फ्युचरस्टार आमाविका गरि २८४ जना परिक्षार्थीले परिक्षा दिदैंछन । यसमा २६५ नियमित र १९ जना एक्जाम्टेडतर्फका विद्यार्थी छन् । भूपू शैनिक आमाविको परिक्षा केन्द्रमा जनता मावि, भैरब मावि, पाचोक मावि, गौडा मावि, सानोकाभ्रे मावि, कल्लाबारी माविका गरि २४३ जना परिक्षार्थीले परिक्षा दिँदैछन् । यसमा १८८ नियमित र ५५ जना एक्जाम्टेडतर्फका छन ।

जनकल्याण मावि उदिपुरको परिक्षा केन्द्रमा जनकल्याण उमावि चिति, भक्ति नमुना उमावि, भारतीसदन माविका गरि २६४ परिक्षार्थी सहभागी छन । यसमा नियमित तर्फ १५९ जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जनकल्याण उमावि चितीमा लक्ष्मी मावि, लोकराज आदर्श मावि, फलेनी मावि, जयदेवी मावि, चैतन्योदय सत्य मावि, बालकल्याण मावि र न्यू मेरीगोल्ड आमाविका गरि २७८ जना परिक्षार्थी सहभागि हुँदैछन् । यसमा २४० नियमिततर्फका र ३८ जना एक्जाम्टेडतर्फका परिक्षार्थी छन ।

बालकल्याण मावि भकुण्डेको परिक्षा केन्द्रमा लमजुङ उमावि, जनकल्याण मावि, कालिका मिलन मावि, मनकामना आमावि, जनविकास खुल्ला र यशोब्रह्म माविका गरि २४३ परिक्षार्थी सहभागी हुँदैछन । यसमा २१६ नियमित र २७ जना एक्जाम्टेडतर्फका परिक्षार्थी छन् । जनविकास उमावि बेसीशहर केन्द्रमा बालकल्याण उमावि, विद्याविकास उमावि, गंगामिलन मावि, शारदा मावि, जनविकास उमावि चण्डीडाँडा, ल्याण्डस्टार आमाविका गरि २८२ जना परिक्षार्थीले परिक्षा दिदैंछन । यसमा २६७ नियमित र १५ जना एक्जाम्टेडतर्फका छन ।

भूपूसैनिक उमाविमा अमर उमावि, जनविकास उमावि, अर्थली प्याराडाइज उमावि, प्रभात शान्तिपूर्ण, जनजागृति माविका गरि २७१ जना परिक्षार्थी सहभागि हुँदैछन । यसमा २२९ नियमित र ४२ एक्जाम्टेडतर्फका छन । जनविकास चण्डीडाँडा परिक्षा केन्द्रमा जनज्योति मावि, भूपू सैनिक उमावि, अन्नपूर्ण मावि, त्रिभुवन विद्याश्रम मावि, घलेउत्तरकन्या मावि, युनिभर्सल एकेडेमी र न्युइराका गरि २३५ परिक्षार्थी सहभागि हुँदैछन । यसमा २०७ नियमिततर्फ र २८ जना एक्जाम्टेडतर्फका छन ।

अमर उमावि खुदी केन्द्रमा चन्द्रोदय उमावि, गणेश मावि, महेन्द्रदेव मावि, गंगामिलन मावि, त्रिभुवन मावि, प्रेममिलन मावि र हिमचुली माविका गरि २६० परिक्षार्थी सहभागी हुँदैछन । यसमा २०६ नियमित र ५४ एक्जाम्टेडतर्फका छन । एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म छ । परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित र २२ गते विज्ञान विषयको परीक्षा हुनेछ । यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुने परीक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिए । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।