अबिलम्ब स्ववियु निर्वाचन गर्नुपर्नेमा बिद्यार्थी संगठनको जोड

काठमाडौं , १२ चैत ।

12884422_1398542906838438_987285648_n
अबिलम्ब स्ववियु निर्वाचन गराउन भन्दै बिद्यार्थी संगठनहरुले त्रिभुवन विश्व विद्यालयलाई सुझाव दिएका छन् । त्रिभुवन बिश्व बिद्यालयले स्ववियु निर्वाचनको बिषयलाई लिएर आज बिद्यार्थी संगठनहरुसंग गरेको छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन् । एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले विगतको सहमति अनुसार पारित विधानमै टेकर चुनाव घोषणा गर्न जोड दिइन् । कांग्रेस निकट नेपाल बिद्यार्थी संघका का.बा. अध्यक्ष उत्तम मिश्रले उमेरको हद नराखी चुनावको घोषणा गर्नुपर्ने बताए । एमाओवादी निकट अखिल क्रान्तिकारीका महासचीव अनिल शर्माले विगतमा पारित भएको विनियम अनुसार अविलम्ब चुनाव गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निर्वाचन प्रणालीमा रहेको मतभिन्नता सवैले केही लिएर र केही छोडेर पहिल्यै टुंगिएकाले त्रिविले छलफल मात्र नगरी अविलम्ब चुनावको मिति तोक्नु पर्छ, चुनाव विश्वविद्यालयले गराउने हो र विद्यार्थी संगठनले भाग लिने हो ।’

बैद्य माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र्र बस्नेतले स्ववियु निर्बाचनमा सचिव र कोषाध्यक्षमा पनि समानुपातिक प्रणाली अपनाएर चुनाव गर्न जोड दिए । छलफलमा प्राडा सुधा त्रिपाठीले वैशाखको तेस्रो साता चुनाव हुनेगरी स्ववियु चुनावको मिति तोक्ने तयारी रहेको र विश्वविद्यालय जुनसुकै हालतमा पनि चुनाव गर्न दत्तचित्त रहेको बताइन् । ,रजिस्ट्रार प्राडा डिल्ली उप्रेतीले परिक्षाको रुटिन मिलाएर वैशाख भित्रै चुनाव गरिसक्नुपर्ने अन्यथा परीक्षा प्रभावित हुनेमा जोड दिए ।छलफलमा विद्यार्थी कल्याण महाशाखाका प्रमुख गंगावहादर थापा , अनेरास्ववियुका महासचिव ऐन महर , नेविसंघका प्रबक्ता युपी लामिछाने  ,विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने,नयाँ शक्ति विद्यार्र्थी अभियान,नेक्राविसं ,अखिल छैठौं,अखिल पाँचौ ,राप्रविसं,प्राज्ञिक विद्यार्थी परिषद् लगायतका विद्यार्थी संगठनको सहभागीता रहेको छलफलमा सहभागी अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले मुलखबरलाई
जानकारी दिए । छलफलमा मधेसी विद्यार्थी संगठनको भने उपस्थिती थिएन ।