नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा हो– –राष्ट्रसंघ महासचिव

काठमाडौं, १२ चैत ।

download (1)
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा भएको बताएका छन् । उनले नवीकरणीय ऊर्जाले कार्बन उत्सर्जनका कारण जलवायुमा पर्दै गएको नकरात्मक असर कम गर्न निकै मद्दत पुग्ने बताए ।

नविकरणीय ऊर्जामा विश्वव्यापी रुपमा लगानी बढेको प्रतिवेदन सार्वजनिक गर्दै मुनले यस्तो बताएका हुन् । सन् २०११ को रेकर्डलाई तोड्दै २०१५ को अन्तिम त्रैमासिकमा नविकरणीय ऊर्जामा २ सय ८५ विलियन अमेरीकी डलर लगानी रहेको राष्ट्रसंघले सार्बजनिक गरेको  प्रतिवेदनमा उल्लेख छ ।download
सन २०११ मा २ सय ७८ विलियन अमेरीकी डलर सो क्षेत्रमा लगानी भएको थियो । विकसित देशहरुभन्दा विकासउन्मुख राष्ट्रमा नविकरणीय ऊर्जामा बढी लगानी रहेको राष्ट्रसंघको तथ्याङ्क छ ।