एमाले महासचिव भन्छन् ,‘अहिलेकै सरकार राष्ट्रिय सरकार हुन्छ ।’

काठमाडौं, १२ चैत ।
index

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अहिलेकै सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिन सकिने तर्क गर्दै एमाले नेतृत्वको सरकारमा सहभागी हुन कांग्रेसले हिच्किचाइरहन  जरुरी नरहेको बताए ।

मुलुक अझै पनि संक्रमणकालिन अवस्थामा रहेका कारण राष्ट्रिय सहमतिको सरकार गठनका लागि सबै दल सकारात्मक हुनपर्ने उनको भनाई थियो ।