रेडियो भोटेओडारले निशुल्क स्वास्थ्य शिवीर चलाउने

लमजुंग, ११ चैत ।

लमजुंगमा रहेको  सामुदायीक रेडियो रेडियो भोटेओडार ९०.८ मेगाहर्जले यही चैत १३ गते निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको छ। सप्तगण्डकी अस्पताल भरतपुरको प्राविधिक सहयोग तथा चिकत्सकिय सहयोग र सहभागितामा सम्पन्न हुने उक्त स्वासथ्य शिवीरमा लमजुंगका भोटेवडार, सुन्दरबजार आसपासका  क्षेत्रका करिब हजार भन्दा वढि सर्वसाधारणले सेवा पाउने रेडियो भोटेओडारले जनाएको छ । शिवीर विहान ७ वजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन हुने छ ।
सामुदायीक रेडियोको सामाजीक उत्तरदायीत्व अन्तरगत वार्षीक रुपमा संचालन हुने यस कार्यक्रम स्थानिय भक्ति नमूना उच्च माविमा आयोजना गरिने बताइएको छ । शिवीरमा साधारण उपचारका अलावा नाक कान घाँटी, स्त्री रोगको परिक्षण गरिने जनाइएको छ ।
चैत १३ गते निःशुल्क औषधी सहितको स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मध्यनजर राख्दै उनीहरुलाई सेवा दिने उद्देश्यले निःशुल्क औषधी सहितको शिविर सञ्चालन गर्न लागिएको रेडियोका निर्देशक सन्तोष पौडेलले जानकारी दिनुभयो ।
शिविरमा बाल तथा युवा रोग विशेषज्ञ कृष्ण सागर शर्मा, बरिष्ठ सर्जन पेट तथा मुत्र रोग विशेषज्ञ राजीव शाह, बरिष्ठ नाक, कान, घाटी तथा टाउको रोग विशेषज्ञ विवेक अर्याल, मेडिकल अफिसर प्रकाश कडेल तथा सुवास गौतम लगायतका विशेषज्ञहरु सहभागि हुनेछन् ।
गत वषर्् पनि  मोतियाविन्दुको निःशुल्क अप्रेशन सहितको आँखा शिविर र यस्तै अन्य स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको रेडियो भोटेओडारले यसवर्षपनि यसलाई निरन्तरता दिदै निःशुल्क औषधी सहितको स्वाथ्य शिविर सञ्चालन गर्न लागेको हो ।
विगतमा दिनहरुमा निःशुल्क अप्रेशन सहितको आँखा शिविर र यस्तै अन्य स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको रेडियो भोटेओडारले यसवर्षपनि यसलाई निरन्तरता दिदै निःशुल्क औषधी सहितको स्वाथ्य शिविर सञ्चालन गर्न लागेको हो ।