
नेपाल बारको निर्बाचन – ७१ जनाको उम्मेद्वारी
काठमाडौं ,११ चैत ।
नेपाल बार एशोसिएसनको २५ सदस्यीय कार्य समितीका लागी ७१ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । बार एशोसिएसनले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । बार एशोसिएसनको यही चैत २० गते हुने निर्बाचनका लागी ३३ स्थानमा निर्वाचन केन्द्र निर्धारण गरिएको छ । बारको नयाँ नेतृत्व चयनका लागि ९ हजार ५ सय २२ मतदाता छन् ।
निर्वाचन समितिका प्रमुख हरिशंकर निरौलाकाअनुसार चैत २० गते बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
बारको नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूहबाट शेरबहादुर केसी र प्रगितिशील समूहबाट विजयकान्त मैनालीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
