राष्ट्रिय बालिका सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं ,१० चैत ।

download (2)

 

 

 

 

 

राष्ट्रिय बालिका सम्मेलन काठमाडौंमा सुरु भएको छ  । सम्मेलनको बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । यस्तै बालिका सम्मेलनमा सहभागी भएका बेलायती राजकुमार ह्यारीले बालविवाह नेपालको मात्रै नभई विश्वकै चुनौती बनेको बताउनुभयो ।

download (4)

सम्मेलनलाई सम्बोधन गर्दै ह्यारीले विकसित देशका लागि पनि बालविवाह चुनौतीको रुपमा रहेको भन्दै यसको अन्त्यका लागि परिवार, समाज र सम्बन्धित देशले कदम चाल्नु पर्नेमा जोड दिनुभयो । बालविवाह अन्त्य गर्न बालिका शिक्षालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । नेपालको सर्वोच्च पदमा महिलाले नेतृत्व थालिसकेका र महिला सशक्तिकरणमा जुटेकाले अब छिट्टै बाल विवाहको अन्त्य हुने उहाँको विश्वास छ ।

 

समृद्ध बालिका, समृद्ध नेपाल भन्ने नाराका साथ भइरहेको सम्मेलनमा बालविवाह धेरै हुने १५ जिल्ला जिल्ला मोरङ, सप्तरी, उदयपुर, मकवानपुर, रौतहट, कपिलवस्तु, रुपन्देही, नवलपरासी, कालिकोट, बाँके, दैलेख, सुर्खेत, बझाङ, बैतडी र डोटीका ६१ बालिका सहभागी छन् ।

यस्तै समुदायका अगुवा, धार्मिक गुरु तथा अगुवा, सरकारी र अन्तर्राष्ट्रिय व्यक्तित्व र लैंगिक समानतका लागि क्रियाशिल अधिकारकर्मी पनि सहभागी छन् । सम्मेलनमा बालविवाहका लागि अहिलेसम्म भइरहेका प्रयास, चुनौती र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

नेपालले सन् २०१४ मा लण्डनमा भएको पहिलो किशोरी सम्मेलनमा बालविवाह र जबरजस्ती हुने विवाहको अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो । संयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०३० सम्म बालविवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ । राष्ट्रसंघका अनुसार विश्वमा ७० लाख भन्दा धेरैको २० वर्ष नपुग्दै विवाह हुने गरेको छ ।