औषधी अभावपछि आयुर्वेद अस्पताल संकटमा
सुजन तिमसिना,
पाँचथर,१० चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेदीक विभागले अघिल्लो आर्थिक बर्षमा खरिद गरेको औषधि नपठाएपछि इलाममा रहेका आयूर्वेद औषधालयमा औषधिको अभाव भएको छ । औषधीे अभावका कारण तीन महिनादेखि इलाममा रहेका आयूर्वेद औषधालयमा बिरामीको उपचार सेवा ठप्प भएको छ । मेची अञ्चलका आयुर्वेदिक अस्पतालले गत साल खरिद गरेको औषधी सकिएको र प्रत्येक साल आयुर्वेद विभागले पठाउनुपर्ने औषधी अहिलेसम्म प्राप्त नहुँदा उपचार सेवा प्रभावित भएको आयुर्वेदिक औषधालयका कबिराज नविनकुमार झाले बताए ।
चालु आर्थिक वर्षमा आफैले खरिद गर्नुपर्ने औषधीको खरिद प्रक्रिया भर्खरै मात्र सम्पन्न भएको र गत सालको औषधी सकिएकाले उपचार सेवा प्रभावित भएको कविराज झाको भनाई छ । कविराज झा भन्छन्, ‘विभागले पठाउनुपर्ने औषधी आएको भए उपचार सेवा ठप्प चै हुने थिएन । औषधीको अभाव भएपछि दैनिक उपचारमा आउने बिरामीहरु स्वास्थ्य सल्लाहा लिएर निजी औषधी पसलमा औषधि खरिद गर्दै आएका छन् ।’
ओपिडि, गाउँघर क्लीनिक, स्नेहन—स्वेदन कार्यक्रम, मातृ शिशु स्वास्थ्य कार्यक्रम संचालन गर्दै आएको आयुर्वेदिक औषधालयमा औषधी अभाव भएपछि ओपिडि सेवा पुरै बन्द भएको कविराज झाले बताए । आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दै गएकाले अहिले प्राप्त हँुदै आएको औषधि अति न्युन भएको झाको भनाइ छ ।
प्रत्येक वर्ष चार लाखको औषधि जिल्लाबाट खरिद हुदै आएको छ भने आयुर्वेद विभागले त्यति नै बराबरको औषधि खरिद गरेर औषधालयमा पठाउँदै आएको छ । विभागले खरिद गरेको औषधी झापाको बिर्तामोडसम्म आएको भन्ने सुनिएपनि अझै औषधी प्राप्त नभएको झाले जानकारी दिए । दैनिक तीस देखी पैतिस जना बिरामी आउने अस्पताल अहिले औषधि अभावले सुनसान भएको छ । औषधालयमा सामान्य रुघा खोकीदेखि पेट, बाथ, प्रजनन, मातृशिशु , छाला, स्नेहन स्वेदन लगायत दिर्घरोगको समेत उपचार हुदै आएको छ । बार्षिक १६ हजार चार सय ९४ जनाको उपचार गर्ने औषधालय इलामको इलाम नगरपालिका, देउमाई नगरपालिकाको मंगलबारे, एकतप्पा, आइतबारे, जमुना गविसमा सञ्चालरत छन् । औषधालयले गोदक, चिसापानी, शान्तिपुर, साँखेजुङमा जेष्ठ नागरिकका लागि गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको छ ।
सेवाग्राहीलाई औषधी पु¥याउन नसक्दा पाँचथरको आयुर्वेद औषधालयले तीन स्थानको गाउँघर क्लीनिक बन्द गरेको छ । एक आयुर्वेद औषधालयमा बर्षमा मुस्किलले एक लाखको औषधि प्राप्त हुने भएकाले औषधि अभाव भएपछि तीन स्थानको गाउँघर क्लीनिक बन्द गरेको डाक्टर मुरलीप्रसाद झाले बताए । औषधी अभाव भएपछि जिल्लाको फाक्तेप, मौवा लुङरुप्पा गाविसमा संचालित गाउँघर क्लिनिक बन्द गरिएको हो । डाक्टर साहाका अनुसार अहिले जिल्लाको रबि बजार र जोरपोखरीमा मात्र गाउँघर क्लिनिक संचालरत छन् ।
‘विभागले दिने औषधी थोरै हुने भएकोले तीन महिना पनि थाम्दैन, औषधालयमा प्राःय औषधी अभाव भरहन्छ, साह भन्छन् । बार्षिक १० हजार बिरामीको उपचार गर्दै आएको पाँचथर आयुर्वेद औषधालयमा प्राप्त हुने औषधी पनि बिरामीलाई खटनले प्रदान गरिदैँ आइएको छ । औषधी अभावले आयुर्वेद औषधालयको प्रभाव बढाउन सकिएको छैन’ डाक्टर झाले भने । पाँचथरमा चिलिङ्दिन गाविसको राँके, आङ्सराङ्ग गाविसको पिपलबोटे, फाक्तेप, फिदिम नगरपालिका, लुङ्रुपामा आयुर्वेद औषधालय संचालनरत छन् । यस्तै ताप्लेजुङमा पनि संचालित औषधालयमा औषधी अभाव हुने गरेको छ ।