अखिल (क्रान्तिकारी)काे निर्वाचनमा उपाध्यक्ष उमेदवार कार्की

मूलखबर संवाददाता
काठमाडौं

अखिल क्रान्तिकारीले निर्वाचनमार्फत नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाएको छ । अखिल क्रान्तिकारीकाे २३ ओैं राष्ट्रिय सम्मेलनमा उमेर हदकाे विषयमा विवाद भएपछि राेकीएकाे सम्मेलनकाे बन्द सत्र उमेरहदकाे विषयमा मतदानमार्फत निर्णय लिएपछि पुन सुचारू भएको छ। माघ १२ गते मतदान हुने भएको छ ।

निर्वाचनमा निवर्तमान काेषाध्यक्ष देवकी कार्कीले केन्द्रीय काेषाध्यक्षमा उमेदवारी दिएकी छिन् । लोकप्रिय विद्यार्थी नेतृ देवकी कार्कीले अखिल (क्रान्तिकारी)को खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । लामो समय देखि विद्यार्थीको मुद्दामा अडिक भएर राजनीति गर्नुभएकी कार्कीले अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

कार्कीले विवेशकिल वैचारिक र बौद्धिक नेतृत्व स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताइन् । विद्यार्थी नेता विद्यार्थी नै हुनुपर्छ भन्ने स्थापित गर्नको लागि पनि उहाँले आफ्नो उम्मेदवारी भएको बताए । रोजगारीको अभावमा युवा विद्यार्थी विदेश गइराखेको बेलामा स्वदेशमै रोजगार र शिक्षा एकसाथ हुने शिक्षा प्रणालीको पक्षपोषण र वकालत गर्न आज सक्षम विद्यार्थी नेतृत्व चाहिने भएकाले आफूले त्यस्तो मुद्दामा जोडदार भएर लागि पर्नको लागि आफ्नो उम्मेदवारी भएको पनि सनराइज खबरलाई देवकी कार्कीले बताइन् ।

कार्कीसँग आफ्नो सङ्गठनको कोषाध्यक्षमा रहेर काम गरेको पनि अनुभव छ । उनी भन्छन, ‘सफलता पूर्वक यस सङ्गठनमा कोषाध्यक्ष भएर काम गरेको अनुभव छ अब म नयाँ जिम्मेवारीका साथ अघि बढ्न मैले खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।’

‘अखिल (क्रान्तिकारी)संगठनलाई सुदृढीकरण, विद्यार्थीको हक अधिकार संरक्षण र अग्रग्रामी अभियानको नेतृत्व सशक्त संगठन निर्माणको लागि पनि मेरो खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी रहेको कार्की बताउछन । अखिल क्रान्तिकारीमा कार्की बौद्दिक, वैचारिक नेतृ हुन । उनले विश्वविद्यालय केन्द्रिय क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेर अहिले एमफिल अध्ययन गरिरहेकी छन ।