काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिनेछ -नेपाल

काठमाडौं ,९ चैैत ।
madhav

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताएका छन् ।

देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गरे ।

प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक भएको बताए । उनले भने , “राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ ।”