पार्टी अध्यक्षविरूद्व राजनीतिक पुर्वाग्रह साँधियाे: एकीकृत समाजवादी

मूलखबर संवाददाता
काठमाडौं

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूर्वाग्रहको आधारमा आक्रमण भएको आरोप लगाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टीले यस्तो प्रतिक्रिया जनाएको हो ।

पार्टी उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताए ।

नेपालविरूद्व पतञ्जली जग्गा प्रकरणमा हदबन्दी भन्दा बढि जग्गा स्विकृत वरेकाे अभियाेगमा अख्तियारले मुद्वा दायर गरेको छ ।