
कुर्दिस्तान वर्कस् पार्टीका प्रतिनिधले भेटे एमाओवादी अध्यक्ष प्रचण्ड
काठमाडौं, ८ चैत ।
कुर्दिस्तान वर्कस् पार्टीका प्रतिनिधिले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सोमबार बिहान भेट गरेको छ । विश्व महिला सम्मेलनका सिलसिलामा नेपाल आएको उक्त प्रतिनिधि मण्डलले कुर्दिस्तान सरकारले त्याहाँका जनतामाथि गरेका अन्याय, अत्याचार र जनताको प्रतिरोध संघर्षको बारेमा अध्यक्षलाई जानकारी गराएको थियो । अध्यक्षले नेपालमा संघर्ष पश्चात जनताले आफैंले संविधान बनाएको, महिला, दलित मुश्लिम, मधेसी जनजाति लगायत उत्पीडित जनसमुदायहरुको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी लागि परेको पनि बताएका थिए ।
प्रचण्डको निजी सचिवालयका अनुसार भेटवार्ताका क्रममा कुर्दिस वर्कस् पार्टीका प्रतिनिधिले नेपालमा माओवादी आन्दोलन आफ्नो देशका लागि प्रेरणाको स्रोत भएको र संघर्षका अनुभवहरु एकआपसमा साटासाट गर्न सकिने बताउनु भयो । उनीहरुले काठमाडौंमा हालै सम्पन्न विश्व महिला सम्मेलनले जारी गरेको काठमाडौं घोषणा पत्रका बारेमा व्याख्या गरेका थिए । उक्त प्रतिनिधि मण्डल बुधवार स्वदेश फर्कने छ ।
