एमाओवादी केन्द्रिय समितिको छैठौं पूर्ण बैठकले के निर्णय गर्यो ?
काठमाडौं , ८ चैत ।
एकिकृत नेकपा माओवादीको शनिबारदेखी सुरु भएको केन्द्रिय समिति बैठक आईतबार सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रचण्डको प्रस्तावलाई पारित गर्दै निम्न अनुसारको निर्णय गरेको छ ।
१. बैशाख मसान्तसम्म पार्टी सदस्यता नविकरण गरी सक्ने,
२.बैशाख १० गतेसम्म संगठनका सम्मेलन सम्बन्धी कार्यविधि तय गरी सक्ने,
३.जेठ १ गतेदेखि आगामि भाद्र मसान्त सम्ममा प्रदेशसम्मका सम्मेलनहरु जनसभाका बीच उद्घाटन गरी सम्पन्न गर्ने,
४. जवस –मोर्चाका सदस्यता नविकरणरवितरण गर्ने,
५. स्थानीय तहदेखि केन्द्रसम्मका सम्मेलनहरु गर्ने ,
६.केन्द्रीय समिति बैठकले वीर बहादुर गोले र धर्मशीला चापागाईलाई केन्द्रीय समितिमा चयन गरेको छ ।
७. सहिद, बेपत्ता र घाइते योद्धाहरुका लागि कोष खडा गर्ने,
८.सरकारमा सहभागी मन्त्रीहरुको कामलाई अझै प्रभावकारी, जनमुखी, जनउत्तरदायी बनाउने
९.सबै माओवादी पार्टीहरुका बीचमा पार्टी एकता गर्ने र अन्य क्रान्तिकारी वामपन्थीहरुको धु्र्रवीकरण गर्ने ,
१०. भूकम्प प्रभावित जिल्लाहरुको पुननिर्माणको काममा ढिलासुस्ती भएकोले तदारुकताका साथ पुननिर्माणका कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
११.कर्णालीमा खडेरीका कारण भोकमरीको समस्या विकराल बन्दै गईरहेकोले यथाशीघ्र खाद्यान्न आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।