प्रधानमन्त्री ओलीको कार्यभार गच्छदारले गर्ने

काठमाडौं ,७ चैत ।
index

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका सिलसिलामा आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोकेकी छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री  गच्छदारलाई प्रधानमन्त्रीको प्रशासनिक कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । (रासस)