नेपालप्रति सहानुभूतिको नाटक नगर्न बेलायती राजकुमार ह्यारीलाई सुझाव

काठमाडौं ,७ चैत ।
gorkha

गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष पदमबहादुर गुरुङले नेपालप्रति सहानुभूतिको नाटक नगर्न बेलायती राजकुमार ह्यारीलाई सुझाव दिएका छन् ।

गोर्खा भुतपूर्व संघले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले ६० हजार गोर्खा सैनिक मारिँदासम्म खोजीसमेत नगर्ने र क्षतिपूर्ति पनि नदिने बेलायती सत्ताका प्रतिनिधि राजकुमार  ह्यारीले अहिले नेपालप्रति सहानुभूति देखाउनुको औचित्य नरहेको बताए ।

नेपाल भ्रमणमा रहेका राजकुमार ह्यारीले भूकम्प पीडित नेपालीहरुलाई भेट्ने र गोर्खा सैनिकका गाउँ बस्तीको अवलोकन गर्नु नाटक मात्रै भएको गुरुङको भनाइ थियो ।