
नियमावली मस्यौदा समितिको बैठक स्थगित
काठमाडौं ,७ चैत ।
व्यवस्थापिका संसदको नियमावली मस्यौदा समितिको बैठक स्थगित भएको छ । ३१ सदस्यीय समितिमा बैठकका लागि १६ सदस्यको उपस्थिति हुनुपर्नेमा १३ जनामात्र उपस्थित भएका थिए ।
आफुले बोलाएको तर बैठकमा सांसदहरु नै नआएकोले बैठक बस्न नसकेको समितिका सभापति राधेश्याम अधिकारीले जानकारी दिए । उनले आफ्ना कारणले निमावली बनाउन कुनै ढिलाई नहुने पनि बताए ।
एमाले सांसद रेवतीरमण भण्डारीले बैठकमा कोरम नपुग्दा नियमावली बनाउन ढिलााई भएको र त्यसको प्रभावले संसदीय सुनुवाई विशेष समिति गठन हुन नसकेको बताए ।
संसदीय सुनवाई बिशेष समितिको सदस्य संख्यालाई लिएर संसदको नियमावली बन्न सकिरहेको छैन
