
फिस्टेल एअरको हेलिकोप्टर रसुवाको लाङटाङ क्षेत्रमा दुर्घटना
काठमाडौं ,४ चैत ।
फिस्टेल एअरको हेलिकोप्टर विहीबार रसुवाको लाङटाङ क्षेत्रमा दुर्घटना भएको छ ।
भूकम्पपीडितका लागि सामग्री पुर्याएर धुन्चे फर्कंदै गरेको ‘नाइन एन जे आइ’ कलसाइन भएको हेलिकोप्टर विहीबार दिउँसो साढे २ बजे क्याङ्जेनमा दुर्घटना भएको हो ।
उडिरहेको हेलिकोप्टरको पंखा उछिट्टिएर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनाको बेला हेलिकोप्टरमा चालक स्वीडिस नागरिक निकोलसमात्रै रहेको र उनी सकुशल रहेको बताइएको छ ।
उद्धारका लागि फिस्टेल एअरको अर्को हेलिकप्टर गएको रसुवाका डीएसपी अवदेश विष्टले जानकारी दिए ।
