
बिवाहापछि करिनाले अर्जुन कपुरसंग चुम्बन गरिन्
काठमाडौं ,४ चैत ।
कथाले मागेपछि जस्तोसुकै कसम पनि तोड्नुपर्ने रहेछ । यस्तै भयो, बलिउड अभिनेत्री करिना कपुरलाई । सैफ अली खानसँग दाम्पत्य जीवनमा जोडिएपछि उनले ‘नो किस पोलिसी’ अपनाएकी थिइन् ।
आफ्ना श्रीमान्लाई परपुरुषसँग चुम्बनको दृश्य सह्य नहुने भएकाले पनि उनी उक्त निर्णयमा पुगेकी हुन सक्छिन् । विवाहपूर्वको अवस्था भए कुरा अर्कै हुन्थ्यो । यद्यपि विवाहपछि घरपरिवार, श्रीमान् सबैको मन राख्नैपर्छ ।
त्यही भएर करिनाले चलचित्रमा ‘चुम्बन नगर्ने’ उद्घोष गरिन् । यद्यपि उनको यो प्रतिबद्धता लामो समय टिक्न पाएन । कथाले मागेपछि उनी चुम्बनको दृश्य दिन राजी भइन् । करिनाले चलचित्र ‘कि एन्ड का’ मा अर्जुन कपुरसँग चुम्बन गरेकी छिन् र यही विषयले अहिले बलिउडलाई तताएको छ । –साप्ताहिकबाट
