अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले १५ बर्षको कडा श्रमसजाय दिने

काठमाडौं , ३ चैत ।
international

उत्तर कोरियाले अमेरिकी एक विद्यार्थीलाई १५ बर्षको कडा श्रमसजाय सुनाएको छ ।राज्यविरुद्ध अपराध गरेको आरोपमा  उत्तर कोरियाले यस्तो कडा सजाय दिएको त्यहाँको सरकारी संचार माध्यमले जनाएको छ ।

अमेरिकी विद्यार्थी २१ बर्षीय ओट्टो वार्मबियरले उत्तर कोरियाको भ्रमणका क्रममा गत जनवरीमा एक होटेलबाट प्रचारबाजीमा प्रयोग हुने महत्वपूर्ण सामाग्री चोर्न खोजेको उत्तर कोरियाले आरोप लगाइएको छ ।

उत्तर कोरियाको सर्वोच्च अदालतले वार्मबियरविरुद्ध सो सजाय सुनाएको हो । वार्मबियर गत जनवरी २ मा पक्राउ परेका थिए ।

आफ्नो मुलुकको एकता भत्काउन अमेरिकाले वार्मबियरलाई पठाएको उत्तर कोरियाको सरकारी समाचारसंस्थाले दाबी गरेको छ ।