पाकिस्तानको आरोप : भारतले आतंकवादी इलाकामा होइन ,नागरिकमाथि आक्रमण गर्यो

मूलखबर संवाददाता
काठमाडौं, २४ बैसाख ।

भारतले पाकिस्तानमा रहेका आतंकबादी इलामा आक्रमण गरी आतंकवादीको मुख्यालय ध्वस्त पारेको दावी गरिरहेका बेला पाकिस्तान सरकारले भने भारतले आतंकबादीको नाममा सर्वसाधारण नागरिकको वस्तीमा आक्रमण गरेको आरोप लगाएको छ । उसले भारतले गरेको आक्रमणको आफूहरुले जवाफी प्रतिरोध गरेको दावी गरेको छ । पाकिस्तानको रक्षा मन्त्रालयले आक्रमण गने भारतीय ५ विमान खसालेको र एक ड्रोन खसालेको दावी गरेको छ ।

पाकिस्तानका प्रमुख सञ्चारमाध्यमहरूका अनुसार पाकिास्तानले यो आक्रमणको तत्काल कुनै प्रति आक्रमण नगर्ने र अन्तराष्टिय रुपमा जानकारी गराउने बताएको छ ।

पाकिस्तानी सेनाको प्रवक्ताले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि भारतीय वायुसेनाको आक्रमणलाई पाकिस्तानी वायुसेनाले जवाफी कारबाही गर्दै खेदाएको हो। विज्ञप्तिमा अष्खष्ष्बिल क्षति भएको भन्ने समाचारहरूलाई असत्य बताइएको छ, तर स्थानीय सञ्चारमाध्यमहरूले केही स्थानमा सामान्य क्षति भएको जानकारी दिएका छन्।

जियो न्यूजले सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘भारतको यो आक्रमण पाकिस्तानको सार्वभौमिकतामाथिको गम्भीर उल्लङ्घन हो, र यसका नतिजाहरू भारतले भोग्नुपर्नेछ।’ पाकिस्तान सरकारले यस घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारी गरेको जनाएको छ।

यस आक्रमणपछि इस्लामाबादमा उच्चस्तरीय सुरक्षा बैठक बसेको छ, जहाँ प्रधानमन्त्री, सेनाका उच्च अधिकारी र विदेश मन्त्रालयका प्रतिनिधिहरूबीच रणनीतिक छलफल भएको बताइएको छ।