भारतद्वारा पाकिस्तानमाथि मध्यरातमा नौ स्थानमा हवाई आक्रमण, २ बालबालिकासहित ९ को मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, २४ बैसाख

भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ । ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाहीअन्तर्गत पाकिस्तानका नौ स्थानमा मध्यरातमा हवाई आक्रमण गरेको हो । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।

भारतको रक्षा मन्त्रालयका अनुसार यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटिक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।’
बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूरु अन्तर्गत आक्रमण गरिएको थियो। आक्रमणबाट २ बालबालिकासहित ९ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । राष्ट्रसंघद्वारा संयम अपनाउन दुबै प्क्षलाई आग्रह गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् र बलियो जवाफ दिने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’
लामो समयदेखि शितयुद्धका रुपमा रहेको भारत पाक सम्वन्ध फेरी घोषीत युद्धमा फेरीन सक्ने अवस्था सिर्जना भएको छ । पाकिस्तानले दुई दिन अघिमात्रै भारतले आक्रमण गरेमा आफू चुप लागेर नबस्ने चेतावनि दिएको थियो ।