
कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचितहरुलाई आज प्रमाणपत्र वितरण गर्ने कार्यक्रम
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित सभापति सहित सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन समितिका अनुसार बुधवार दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा नवनिर्वाचित सभापति शेरवहादुर देउवासहित ६४ सदस्यीय निर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न लागिएको हो ।
प्रमाणपत्र वितरण कार्यक्रम पछि सभापति शेरबहादुर देउवाले सभापतिमा पराजित भएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्रीका प्रतिस्पर्धी अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षका उम्मेदवार चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरिएको बताईएको छ ।
कांग्रेसको विधानले सभापतिलाई ३ पदाधिकारी (उपसभापति, महामन्त्री र सहमहामन्त्री) र २१ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने अधिकार दिएको छ ।
