इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

काठमाडौं , ३ चैत ।

resize_image.phpइक्वेडरको अमेजन क्षेत्रमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । चालक दलका ३ सदस्यसहित सो विमानमा प्यारासुटिङ् अभ्यासका लागि १९ जना सैनिक सवार रहेको बीबीसीले जनाएको छ । राष्ट्रपति राफेल कोरियाले घटनाप्रति दु:ख ब्यक्त गर्नु भएको छ । इजरायली कम्पनीद्वारा निर्मित सो विमान पास्ताजाको पुवी प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।