प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव जयशंकरबीचको भेटमा के भयो ?

काठमाडौं, २ चैत ।
pm oli and jauya

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय ३७औं बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशसचिव एस जयशंकरले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

विदेशसचिव जयशंकरले सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच  आर्थिक विकासका लागि सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

भारतका कतिपय चिन्ता र चासोलाई स्वभाविकरुपमा लिएको भन्दै प्रधानमन्त्री ओलीले असल छिमेकीको रुपमा नेपालप्रति भारतको सद्भाव रहने विश्वास व्यक्त गरे ।

यस्तै, विदेशसचिव जयशंकरले भारतले स्थायित्व र विकाससहितको नेपाल हेर्न चाहेको भन्दै सबैजसो विषयमा सहकार्य गरेर अघि बढ्न सकिने बताएका थिए ।

नेपालमा विशिष्ट र निर्णायक क्षमता भएको नेता प्रधानमन्त्री बनेको भन्दै विदेशसचिव जयशंकरले सबै पक्षबीचको एकताबाट नेपाल अघि बढ्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोपाल खनालले जानकारी दिए ।