सागका स्वर्ण बिजेता खेलाडी पोखरामा

पोखरा , २ चैत ।

sahara-club-pokhara

१२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई पोखरामा सम्मानित हुने भएका छन् । सहारा क्लव पोखराको आयोजना तथा पोखराका विभिन्न संघसंस्थाको सहकार्यमा आगामी शनिबार उनीहरुलाई नगदसहित सम्मान गर्न लागिएको हो । उनीहरुलाई जनही दश हजारसहित सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

गत फागुन माघ २२ गतेदेखी फागुन ४ गतेसम्म भारतमा भएको सागमा नेपालले ३ वटा स्वर्ण पदक जितेको थियो । नेपालले पुरुष फुटवल, नेपालकी उसु खेलाडी निमा घर्तीमगर र जुडोमा फूपू ल्हृयामु खत्रीले स्वर्ण पदक जितेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष बिरभद्र आचार्यले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई बिजयोत्सव र्‍याली निकालेर अभिनन्दन गरिनुका साथै पोखरा रंगशालामा विशेष कार्यक्रम गरेर सम्मान गरिने बताए ।

उनका अनुसार पोखराका सम्पूर्ण संघसंस्थाहरुको सहभागितामा चिप्लेढुङ्गाबाट खेलाडीहरुलाई खुल्ला भ्यानमा राखेर विभिन्न सांस्कृतिक झाँकी र पञ्चेबाजासहित बिजयोत्सव र्‍याली शुरु गरिनेछ ।

राष्ट्रिय खेलकुद परिषद ९राखेप०का सदस्य फत्तबहादुर गुरुङले सम्मानले खेलाडीको मनोवल उच्च बनाउने बताए ।