फेरि घट्याे नेप्से, काराेबार ५ अर्ब बढी, नेप्से २६१३

मूलखबर संवाददाता
काठमाडौं, १२ असाेज

शेयर परिसूचक नेप्से फेरि घटेकाे छ ।  साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको हाे । सोमबार सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ ।

सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबर कारोबार भएको छ ।