कालीगण्डकी बाढीपछी चिनतर्फका तीनै नाका अवरुद्ध, व्यापारी र उपभोक्ता दुवै मारमा
कालीगण्डकी नदीमा अाएकाे भिषण बाढीपछी मुस्ताङकाे काेरला नाका पूर्ण रूपमा अवरूद्द बनेकाे छ । बाढीले पेखरा, बेनी मुस्ताङका धेरै ठाउँमा सडक र पुलमा क्षती पुराएपछी साे नाका पनी अवरूद्द भएकाे हाे । काेराेला नाका बन्सिद भएपछी सिन्धुपाल्चाेक, रसुवासहित चिनतर्फका तीनै नाका अवरुद्ध भएका छन् ।
चिनतर्फका तीनै नाका अवरुद्ध हुँदा आयात–निर्यात बन्द भएको छ । तीन दिनको अविरल वर्षापछि बेनी–जोमसोम खण्डमा क्षति पुगेपछि कोरलासहित तीनै नाका अवरुद्ध भएका हुन् । यसअघि १० भदौको भोटेकोशी बाढीले केरुङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो ।
नेपालको १४ प्रतिशत व्यापार हुने चीनसँगको सडक यातायात बन्द भएपछि दसैंको बेला सामानको भाउ बढ्ने देखिएको छ । चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँ बराबरको सामान आयात र २९ करोड ३३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ताकपडा, मेसिनरी र विशेष गरी विद्युतीय सवारीसाधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन् ।
चीनसँगको नाका अवरुद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए ।
‘दसैंको समयमा बुकिङ गरेका ग्राहकलाई पनि सवारी दिन नसकिने अवस्था भयो, दसैं–तिहारमा नयाँ सवारी चढ्ने ग्राहकको चाहना पूरा नहुने जोखिम छ,’ उनले भने, ‘वर्षभरको कुल व्यापारमध्ये ३५ देखि ४५ प्रतिशतसम्म चाडबाडको समयमा हुन्थ्यो, यसपालि राजस्व पनि प्रभावित बन्ने भयो ।’



