सप्तकोसी नदीमा पानीको सतह निरन्तर बढ्दै

मूलखबर संवाददाता
काठमाडौं, ९ असाेज

सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बहाव बढेको हो ।

शुक्रबार मध्याह्न १२ बजे गरिएकाे मापनमा कोसी ब्यारेजमा जलसतह दुई लाख १७ हजार ४१५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

सप्तकोसीमा पानीको सतह बढिरहेको छ । आज (शुक्रबार) बिहान ११ बजे दुई लाख १० हजार ५८० क्युसेक प्रतिसेकेन्ड रहेको जलसतह बढेर मध्याह्न १२ बजे दुई लाख १७ हजार ४१५ क्युसेक प्रतिसेकेन्ड पुगेको बताइएकाे छ ।