सुनसरी देवानगञ्ज घटना : अर्का घाइतेको पनि मृत्यु, गाेलिकाण्डमा मृतक संख्या दुई पुग्यो

मूलखबर संवाददाता
काठमाडौं, १४ साउन

उपचारकै क्रममा अर्का घाइतेको पनि मृत्यु, देवानगन्ज गोलीकाण्डमा मृतक संख्या दुई पुग्यो

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

प्रहरीका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। पेटमा गोली लागेर गम्भीर घाइते भएका उनको शल्यक्रियापछि पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि निधन भएको प्रहरीले जनाएको छ।