एमाले महाधिवेशन : बन्द सत्र शुरू, इश्वर पाेखरेलले पनि फरक प्रस्ताव राख्ने

मूलखबर संवाददाता
काठमाडौं

केन्द्रीय समितिले विधान महाधिवेशनकाे निर्णय उल्टाएपछि एमालेको ११ औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न सवा ३ बजेदेखि बन्द सत्र सुरू भएको हो। यस अघि बन्द सत्र बिहान ८ बजे शुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियाे ।

अध्यक्ष केपी ओलीले विधान संशोधन गरने अडान लिएपछि केन्द्रीय समिति बैठक आयाेजना गरी बन्द सत्रकाे तालिका फेरिएको थियाे ।

अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो अवधारणा पत्र पेस गर्ने तयारी गरेका छन्।

बन्द सत्रअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको थियो।

साथै अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ। गत शुक्रबारको सचिवालय बैठकको निर्णय अनुसार नै यो गठन गरिएको हो।

तर कतिपय नेताहरूले सचिवालयले आफैले आफैलाई निर्वाचन गर्ने गरी विधि अपनाएको भन्दै आलोचना गरेका छन्। अध्यक्ष मण्डलमा १८ जना सचिवालय, अनुशासन, लेखा र निर्वाचनलगायत आयोगका प्रतिनिधि रहनेछन्।

महाधिवेशनबाट मुख्य गरेर नेतृत्व परिवर्तन गर्ने कार्यकर्ताकाे चाहना विधान संशोधनपछि भने पुरा नहुने देखिएकाे छ ।